प्रदेश १ ले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेपछि लुम्बिनी प्रदेश नवौँ राष्टिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको सेमिफाइनलमा पुगेको छ।
शुक्रबार पोखरा रगंशालास्थित क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई पराजित गरेपनि नेट रन रेटमा पछि पदै फाइनलमा स्थान बनाउन सकेन।
लुम्बिनी र प्रदेश १ को समान ३ अंक भएपनि नेट रन रेटमा पछि पर्दै प्रदेश १ बाहिरिएको हो। पराजित कर्णाली अंक तालिकाको पुछारमा रहँदै नवौँ खेलकुदको यात्रा सकाएको हो।
समूह बी बाट यसअघि नेपाल पुलिस क्लबले शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनाइसकेको थियो। आजैको पहिलो खेलमा लुम्बिनी प्रदेश नेपाल पुलिस क्लबसँग ९७ रनले पराजित भएको थियो।
कर्णालीले दिएको ५४ रनको लक्ष्य प्रदेश १ ले ६.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।
त्यसअघि पोखरा रगंशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले १६.१ ओभरमा ५३ रनमा अलआउट भयो।
कर्णालीका यमुना अधिकारीले २१ र कप्तान विना थापाले ११ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। ४ ब्याटर शुन्य रनमा पवेलियन फर्के।
कर्णाली प्रदेशलाई सस्तैमा रोक्न प्रदेश १ का लागि लकिता राजवंशी एक्लैले ४ विकेट लिईन्। उनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चिईन्।
अलिसा खाडियाले ३ विकेट झारिन्। उनले ३.१ ओभरमा १ मेडन राख्दै ६ रन खर्चिईन्। निशा शाह र भवानी कमातीले समान १ विकेट झारे।
Shares
प्रतिक्रिया