नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत साइक्लिङको डाउनहिल स्पर्धामा पुरुष र महिला दुवै तर्फ नेपाल आर्मीले स्वर्ण जितेको छ।
पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटर डाउनहिल १ मिनेट ४९.१० सेकेण्डमा पार गर्दै स्वर्ण जितेका हुन्।
बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा दूरी पूरा गर्दै रजत र एपिएफका प्रचित थापा मगरले १ मिनेट ५५.६९ सेकेण्डमा दुरी पार गदै कास्य जिते।
सोही स्पर्धाको महिलातर्फ आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन्।
आर्मीकै उसा खनालले २ मिनेट ३७.४५ सेकेण्डमा दूरी पार गर्दै कास्य पदक हात पारेकी छिन्।
२ मिनेट ४०.०९ सेकेण्डमा दुरी पार गरेकी कगण्डकी प्रदेशकी जमुना कास्य हात पारिन्।
69
Shares
प्रतिक्रिया