अष्ट्रेलियामा जारी आईसीसी टी२० विश्वकपअन्तर्गतको पहिलो खेलमा नामिबियाले श्रीलंकामाथि ५५ रनको फराकिलो जित हात पारेको छ।
आइतबार भएको खेलमा नामिबियाले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो।
श्रीलंकाका लागि कप्तान डासुन शनकाले २९ तथा भानुका राजपाक्षले २० रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
नामिबियाका लागि डेभिड विसे, बर्नार्ड स्कोल्ज, बेन शिकोन्गो र जान फ्राइलिंकले समान २/२ विकेट लिएका थिए।
यसअघि टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो।
नामिबियालाई सम्मानजनक अवस्थामा पुर्याउने क्रममा फ्राइलिंकले ४४ तथा जेजे स्मिथले अविजित ३१ रनको पाली खेले।
96
Shares
प्रतिक्रिया