ad ad

खेल


नवौँ राष्टिय खेलकुद : महिला क्रिकेटको सेमिफाइनल समीकरण पुरा

नवौँ राष्टिय खेलकुद : महिला क्रिकेटको सेमिफाइनल समीकरण पुरा

नेपालखबर
असोज ३०, २०७९ आइतबार १६:३२, पाेखरा

नवौँ राष्टिय खेलकुद अन्तर्गत महिला क्रिकेटको सेमिफाइनल समीकरण पुरा भएको छ। 

समूह चरणको अन्तिम खेलमा बागमती प्रदेशले मधेस प्रदेशलाई ८ विकेटले पराजित गरेसँगै अन्तिम ४ को समीकरण पुरा भएको हो।

समूह ए मा रहेको बागमती प्रदेश ६ अंकमा दोस्रो स्थानमा रहेर अन्तिम ४ मा स्थान पक्का गरेको हो। समूह बी बाट नेपाल पुलिस क्लब समूह विजेता र लुम्बिनी प्रदेश उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो। 

अपराजित रहेको एपीएफ ८ अंकमा शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा फाइनल पुगेको हो। आजै भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै सेमिफाइनल पुगेको थियो। 

एपीएफले अब फाइनल प्रवेशका लागि लुम्बिनी प्रदेशसँग खेल्दा बागमती प्रदेशले नेपाल पुलिस क्लबको सामना गर्नेछ। सेमिफाइनल खेल सोमबार हुनेछ। 

मधेस प्रदेशले दिएको ५५ रनको लक्ष्य बागमतीले १३.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। 

बागमतीकी अनिसा माझकोटी १६ र सुमन खतिवडा १७ रनमा नटआउट रहिन्। ओपनर अस्मिता खरेल १३ र कञ्चन श्रेष्ठ ५ रन जोड्दा पवेलियन फर्के।

त्यसअघि अघि पोखरा रगंशालास्थित क्रिकेट मैदानमा बागमतिले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेस प्रदेश १८.२ ओभरमा ५४ रन जोड्ला अलआउट भयो। 

मधेसका कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .