ad ad

खेल


थ्री स्टार क्लबलाई रुट्सको २५ लाख सहयोग

थ्री स्टार क्लबलाई रुट्सको २५ लाख सहयोग

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ९:४८,

रुस्लान थ्री स्टार क्लबसँग खेल पोसाक कम्पनी एडिडासको नेपालका लागि आधिकारिक बिक्रेता रुट्स फेसनले सहकार्य गरेको छ।

क्लबलाई रुट्सले २५ लाख भन्दा बढीको खेल सामाग्री प्रदान गर्ने भएको छ। जसमा जर्सी सेट, मोजा, ट्रयाक सुट, फुटबल बुट, फुटबल ब्याग, अभ्यास जर्सी, गोलकिपर पञ्जा, स्पोर्ट सुज, टिसर्ट रहेको रुस्लान थ्रीस्टारले जनाएको छ। सो सम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको छ।

ruslan3.jpg

क्लबको मुख्य प्रायोजकका रुपमा रुस्लानले निरन्तरता दिएको छ। रुस्लान गतवर्षहरुमा पनि थ्री स्टारको मुख्य प्रायोजक थियो।

थ्री स्टारले अहिलेसम्म २०५४, २०६१ र २०६९ मा गरी ३ पटक सहिद स्मारक ए डिविजन लिग र २०७२ मा राष्ट्रिय लिग जितेको थियो। थ्री स्टारले घरेलु फुटबलमा मोफसलका सबै खाले प्रतियोगिता जितिसकेको छ।

ruslan2.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .