ad ad

खेल


खेलाडीको स्तर मापन मेडलबाटः खेलकुद मन्त्री

खेलाडीको स्तर मापन मेडलबाटः खेलकुद मन्त्री

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ११:४७,

खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सोमबार दफावार छलफल भएको छ।

छलफलमा भाग लिने सांसदहरुले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव पेश छन्। कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने संशोधन परेको छ। सांसद जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्ने निकायको नाम नै कोट गरिनुपर्ने र ओलम्पिक कमिटीको छाताभित्र हुने खेलहरुमा सहभागि खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने बताए।

सांसद सरिता गिरीले राष्ट्रिय, अन्तर्राष्ट्रिय र प्रदेशस्तरमा हुने खेलहरुको संयोजन हुनेगरि कुनै स्पष्ट शब्द राखिनुपर्ने बताएन्। सांसद रंगमति शाहीले विधेयकमाथि परेको संशोधनहरु के कति आवश्यक छन् त्यसको विषयमा टुंगो लगाएर अरु कुराहरु पछि पनि थप्न सकिने बताइन्।

सांसदहरुको संशोधन प्रस्तावमाथि जवाफ दिँदै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले देशको प्रतिनिधित्क गर्ने सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिन नसकिने बताए। केही समयअघि सम्पन्न साग प्रतियोगिताको उदाहरण दिँदै उनले भने, ‘सागमा नेपालको तर्फबाट ६ सय बढी खेलाडीहरु सहभागी थिए। ६ सय खेलाडीहरुलाई नै अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दियौँ भने त्यो कति उपयुक्त हुन्छ? हाम्रो देशको प्रतिनिधित्व स्वभाविक गराउनु थियो। कतिपय अवस्थामा स्तर नपुगेका खेलाडीहरुपनि देशको छनोटमा ए ग्रेडमा परे। तर अन्तर्राष्ट्रिय स्ट्याण्डरमा त्यो हैसियत नपुगेको खेलाडीलाई कसरी मान्यता दिने। एउटा स्तर त मापन हुनुप-यो। स्तर मान गर्ने भनेको मेडल हो।’

बैठकमा ऐनको नाम राष्ट्रिय खेलकुद विकास ऐन राख्ने विषयमा सहमति जुटेको छ। समिति सभापति जयपुरी घर्तिले नामको विषयमा सहमति जुटेसँगै अर्को बैठक पुस ४ गतेका लागि आह्वान गरेकी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .