ad ad

खेल


जोन स्टोन्सको गोलमा हारबाट जोगियो म्यानचेस्टर सिटी

जोन स्टोन्सको गोलमा हारबाट जोगियो म्यानचेस्टर सिटी

नेपालखबर
असोज ६, २०८१ आइतबार २३:४३, काठमाडौँ

जोन स्टोन्सको निर्णायक गोलमा म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ। 

आइतबार राति इत्तिहाद स्टेडियममा आर्सनलसँग भएको खेलको इन्ज्युरी समयमा स्टोन्सले गोल गरेपछि सिटी हारबाट जोगिएको हो। 

खेलको सुरुवातमा सिटीले अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा सिटी एक समय हारनजिक पुगेको थियो। यद्यपि इन्ज्युरी समयको आठौँ मिनेटमा स्टोन्सले गोल फर्काएपछि सिटीले रोमाञ्चक बराबरी गर्दै हारबाट जोगिएको हो। 

पहिलो हाफको नवौँ मिनेटमा एर्लिङ हालान्डको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। यो खेलमा हालान्डले सिटीका लागि १ सय ५ औँ खेलमा १ सय गोल गरेका हुन्। 

तर खेलको २२ औँ मिनेटमा रिकार्डो कालाफी ओरीको गोलमा आर्सनल खेलमा फर्किएको थियो। 

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गाब्रियल मगहाइसको गोलमा आर्सनलले सिटीविरुद्ध अग्रता बनाएको थियो। 

पहिलो हाफको इन्ज्युरी समयको आठौँ मिनेटमा लियन्ड्रो टोरेसले दोहोरो पहेलोँ कार्ड खाँदै मैदान छाडेपछि आर्सनल १० खेलाडीमा सीमित बनेको थियो। 

पहिलो हाफमा नै १० खेलाडीमा सीमित भएको आर्सनलविरुद्ध सिटीले दोस्रो हाफमा गोलका लागि निकै संर्घष गर्नुपर्‍यो। 

बराबरीसँगै सिटी १३ अंकका साथ तालिकाको शीर्ष स्थानमा यथावत छ। जारी सिजन सिटीको यो पहिलो बराबरी हो। 

लिगको पाचौँ चरणको खेल सकिँदा सिटी र आर्सनल दुवै टोली अपराजित छन्। सिटीले ५ खेलमा चार खेल जितको छ र एक खेलमा बराबरी गर्दै १३ अंक बनाएको छ। 

खेलको अन्तिम मिनेटमा आर्सनल सम्हालिन नसक्दा शीर्ष स्थानमा पुग्ने अवसर गुमाउन पुग्यो। 

समान खेलबाट तीन खेलमा जित र २ खेलमा बराबरी गरेको आर्सनल भने ११ अंकमा अंक तालिकाको चौथो स्थानमा छ।  

समान खेलबाट १२ अंक भएको लिभरपुल दोस्रो र एस्टोन भिल्ला तेस्रो स्थानमा छ। 

आजै राति भएको अर्को खेलमा ब्राइटन एन्ड होभ एल्बियन र नटिङघम फरेष्टले २–२ को बराबरी गर्दै अंक बाँडे। 

लिगको पाँच खेलबाट समान ९ अंक जोडेको ब्राइटन सातौँ र नटिङघम फरेस्ट आठौँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .