नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङको इन्डिभिज्युअल टाइम ट्रयाल विधामा महिलातर्फ नेपाल आर्मीले र पुरुषतर्फ एपीएफले स्वर्ण पदक जितेका छन्।
पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्रयाल विधाको फाइनलमा २० किलोमिटरको दूरी ३८ मिनेट ३१ सेकेण्ड ४१० मिलिसेकेण्डमा पुरा गर्दै त्रिभुवन आर्मीकी उषा खनालले स्वर्ण पदक जितिन्।
सोही दूरी ४२ मिनेट २० सेकेण्ड ८८६ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफकी हुमी बुढामगरले रजत पदक जितिन्। ४२ मिनेट ५५ सेकेण्ड ९६२ मिलिसेकेण्डमा दूरी पुरा गर्दै आर्मीकै मञ्जु कुमारी खड्काले कास्य पदकमा चित्त बुझाइन्।
पुरुषतर्फको इन्डिभिज्युल टाइम ट्रयाल साइक्लिङमा एपिएफले स्वर्ण र कास्य र नेपाल आर्मीले रजत पदक जितेको छ।
२० किलोमिटरको दूरी ३४ मिनेट ०४ सेकेण्ड ३०९ मिलिसेकेण्डमा पुरा गर्दै एपीएफका सुरज रानामगरले स्वर्ण, आर्मीका हिमाल टमाटाले ३६ मिनेट ४५ सेकेण्ड ४१९ मिलिसेकेण्डमा पुरा गर्दै रजत पदक जिते। ३६ मिनेट ५० सेकेण्ड ४४६ मिलिसेकेण्डमा दूरी पुरा गर्दै एपीएफकै लक्ष्मण मल्लले कास्य पदक हात पारे।
साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री र इन्डिभिज्युल टाइम ट्रयाल विधा सकिएको छ। भोलि अन्तिम दिन रोड रेस मास स्टार्ट विधा पोखराको हेमजामा हुनेछ।
Shares
प्रतिक्रिया