ad ad

खेल


एपीएफकी नेरी थापा महिला क्रिकेटको सर्वोत्कृष्ट खेलाडी

एपीएफकी नेरी थापा महिला क्रिकेटको सर्वोत्कृष्ट खेलाडी

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १८:४, काठमाडौँ

नेपाल एपीएफ क्लबकी अलराउण्डर नेरी थापाले नवौँ राष्टिय खेलकुद प्रतियोगिात अन्तर्गत महिला क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेकी छिन्। 

एपीएफ क्लबलाई फाइनलमा पुर्याउन नेरीले उत्कृष्ट प्रर्दशन गरेकी थिइन्। नेरीले ६ खेलमा २३ ओभरमा ३ मेडनसहित ८० रन खर्चेर ११ विकेट झारेकी थिइन्। उनले १२ रन बनाएकी छन्। 

बागमती प्रदेशकी मध्य गतिकी बलर विपिशा शाही उदयीमान खेलाडी बनिन्। विपिशाले ५ खेलमा ८ विकेट झारेकी थिइन्। उनले १४.२ ओभरमा ५७ रन खर्चिइन्। कास्यको लागि भएको स्पर्धामा विपिशाले लुम्बिनीविरुद्ध चार विकेट लिएकी थिइन्। 

प्रतियोगिताको उत्कृष्ट ब्याटर सम्झना खड्का बनिन्। उनले ५ खेलमा १ अर्धशतकसहित १ सय ३५ रनको योगदान दिएकी थिइन्। उनले प्रतियोगितामा १४ चौका हानिन्। विपिशा, सम्झना र सोनीले जनही पाँच हजार रुपैयाँ प्राप्त गरे। 

डेब्यु प्रतियोगितामा पुलिस क्लबले साविक विजेता एपीएफलाई हराउँदै ५ रनले पराजित गरेको थियो। 

बागमती प्रदेशकी तीव्र गतिकी बलर सोनी पाख्रिनले उत्कृष्ट ब्याटर बनिन्। उनले  प्रतियोगिताभर ६ खेलमा २३ ओभर बलिङ गर्दै ८३ रन खर्चेर १२ विकेट झारिन्। बागमतीलाई कास्य पदक जिताउन तीव्र गतिकी बलर सोनीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .