ad ad

खेल


रेफ्रीले विभेद गरेको भन्दै कोर्टमा नै सुते कबड्डी खेलाडी (तस्बिरहरु)

रेफ्रीले विभेद गरेको भन्दै कोर्टमा नै सुते कबड्डी खेलाडी (तस्बिरहरु)

रेफ्रीको विरोध गर्दै कोर्टमै सुतेका गण्डकीका खेलाडीहरू। तस्बिर : सरोज बैजु/नेपालखबर


सरोज बैजु
कात्तिक २, २०७९ बुधबार १३:१०, पोखरा

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी कबड्डीमा गण्डकी प्रदेशका पुरुषतर्फका खेलाडीले कबड्डी कोर्ट कब्जा गर्दा लिग चरणका अन्तिम खेलहरु प्रभावित भएका छन् ।

मंगलबारको प्रतियोगितामा गण्डकी प्रदेश र नेपाल प्रहरी क्लवबीचको खेलमा रेफ्रीले अन्याय गरेको भन्दै उनीहरुले कोर्ट कब्जा गर्दा बुधबार हुने भनिएका पुरुषतर्फका बाँकी खेल प्रभावित हुन पुगेका हुन्।

गण्डकी प्रदेशका खेलाडीहरु अहिले पुन: प्रतियोगिता सञ्चालनको माग गर्दै कोर्टमा नै सुतेर विरोध जनाएका छन्।

विवादसँगै अहिले त्यस क्षेत्रमा गण्डकी प्रदेशका खेलाडीहरुले नारा बाजी गर्दे अफिसियलहरुलाई बाहिर निस्कन दिएका छैनन्।

रेफ्रीले आफूहरुलाई अन्याय गरेकाले हार्न पुगेको गण्डकी प्रदेश खेलाडीले आरोप लगाएका छन्।

उनीहरुले सुर्तीजन्य पदार्थ र मध्यपान सेवन गरेर खेल खेलाएका अनुशासनहीन रेफ्रीका कारण हार्न पुगेको आरोप लगाएका छन्। 

गण्डकी प्रदेशका खेलाडीहरुले आफूहरुलाई हराउन रेफ्रीले गलत निर्णय गरेको आरोप लगाएका हुन्।

प्रतिस्पर्धात्मक खेलमा ५८–५४ पोइन्टले नेपाल प्रहरीले गण्डकी प्रदेशलाई पराजित गरेको थियो। 

पोखरा १२ केसी बेन्क्युटमा मंगलबार भएको खेलमा रेफ्रीले २० मिनेट खेलाउन पर्नेमा १५ मिनेट मात्रै खेलाएको बताएका छन्।

गण्डकी प्रदेशका प्रशिक्षक सन्दीप पन्तले खेलमा टाइम स्टप नगरी रेफ्रीले खेल खेलाएको आरोप लगाएका हुन्।

'टिमले अफिसियल टाइम आउट लिन्छ त्यो बेला रेफ्रीले समय स्टप गर्नु पर्छ तर आजको खेलमा रेफ्रीले त्यसो गरेन र हामीले हार्न पुग्यौँ', उनले भने। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .