ad ad

खेल


चिर प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध भारतको रोमाञ्चक जित

चिर प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध भारतको रोमाञ्चक जित

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १७:४३, काठमाडौँ

टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतवार दिउँसो भएको खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई पराजित गरेको छ।

विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो भिडन्तको अन्तिम ओभरमा जिततर्फ लगिसकेको खेललाई पाकिस्तानले आफ्नो हातबाट गुमाएको हो।

अन्तिम ओभरको चौथो बलमा नोबल भएर भारतको पोल्टामा अतिरिक्त ७ रन जनाँदा पाकिस्तान ४ विकेटले पराजित भएको हो। 

ऐतिहासिक मेलबर्न क्रिकेट ग्राउन्डमा दुवै टिम करिब एक लाख दर्शकमाझ आमनेसामने भएका थिए। 

पहिले ब्याटिङ गर्दै पाकिस्तानले २० ओभर ८ विकेट गुमाएर १५९ रन बनाएको थियो।

जवाफमा भारतले अन्तिम बलसम्म खेल्दै ६ विकेट गुमाएर बहुचर्चित प्रतिस्पर्धामा जित दर्ता गरेको हो।

यो खेल जिताएर विराट कोहलीले भारतीय फ्यानलाई दीपावलीको उपहार नै दिए। उनले य खेलमा ५३ बल सामना गर्दै ८२ रनको सानदार पारी खेले।

भारतका लागि क्रिजमा उत्रिएका अन्य कुनै व्याट्सम्यानले  दोहोरो स्कोर छुन सकेनन्। विराट एक्लैको बलमा भारत यो खेलमा विजयी भएको हो।

भारतले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको पाकिस्तानले सुरुमै दुई ओपनर गुमाएको थियो। 

पहिलो विश्वकप खेलिरहेका भारतका अर्शदीपले ओपनर बाबर र मोहम्मद रिजवानसहित ३ पाकिस्तानी ब्याटसम्यानलाई पवेलियन पठाए।

हार्दिक पान्ड्याले पनि ३ विकेट लिए। पाकिस्तानको तर्फबाट इफ्तिकार अहमदले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए। 

शान मसूदले पनि ५२ रन बनाए। इफ्तिकारलाई भाग्यले पनि साथ दियो। मोहम्मद शमीको बलमा उनको एक मुश्किल क्याच छुट्यो। पाकिस्तानका ६ ब्याट्सम्यानले दोहोरो अंक छोएनन्। 

भारत र पाकिस्तानबीच यसअघि टी-२० विश्वकपका ६ भिडन्त भएका छन्। जसमा भारतले तीन पटक टस जितेको थियो। र, उसले ती सबै खेल जितेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .