ad ad

खेल


क्लब म्यानेजमेन्टको डिप्लोमा कोर्समा छनोट भए स्पोर्टिङ इलामका सीईओ न्यौपाने

क्लब म्यानेजमेन्टको डिप्लोमा कोर्समा छनोट भए स्पोर्टिङ इलामका सीईओ न्यौपाने

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार ११:२६, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली स्पोर्टिङ इलाम एफसी डेमेचीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पियुष बहादुर न्यौपाने क्लब म्यानेजमेन्टको डिप्लोमा कोर्समा छनोट भएका छन्। 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सञ्चालन गरेको कोर्समा विश्वभरबाट ४० जना सहभागी छन्।

कोर्समा जुआन माटा, जोन टेरी, टिम काहिल, फर्नान्डिन्हो, कार्ली लोयड, लगायतका पनि खेलाडी पनि सहभागी छन्। यो कोर्समा नेतृत्व र व्यवस्थापनसँगै खेल रणनीति, युथ एकेडेमी लगायत विषयमा अध्यापन गराउने उल्लेख छ। 

करिब १६ महिना चल्ने कोर्स पूरा गर्न सहभागीले ७ राष्ट्र भ्रमण गर्नेछन्। अमेरिकाको न्यूयोर्कमा पहिलो मोड्युल सकिसकेको छ।

कोर्सको अर्को मोड्युल कतारमा र त्यसपछि जापान, ब्राजिल, इजिप्ट र स्पेनमा हुनेछ। कोर्सको समापन भने स्विटजरल्यान्डस्थित फिफाको मुख्यालयमा हुनेछ।

विश्वभरका क्लब अफिसियल मध्यबाट आवेदनमाफर्त विभिन्न चरणको छनोटपछि अन्तिम ४० जनाको नाम कोर्समा छानिएको हो । झन्डै ४ सय जनाको आवेदन र ३ महिनाको छनोट प्रक्रिया पार गरेर नेपालको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको न्यौपानेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .