ad ad

समाज


बीसी अवकाशमा गएपछि प्रहरीमा खाली भए ३ एआईजी

बीसी अवकाशमा गएपछि प्रहरीमा खाली भए ३ एआईजी

अरुणकुमार बीसी


नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार ११:३२, काठमाडौँ

नेपाल प्रहरीमा आजदेखि तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) रिक्त भएका छन्। एआईजी अरुणकुमार बीसी अवकाशमा गएकाले रिक्त एआईजीको संख्या तीन पुगेको हो। 

बीसी १५ दिन अघिबाटै बिदा बसेका थिए। बीसी प्रशासन विभागमा कार्यरत थिए। 

त्यसअघि गत साउन २० गते एआईजी विश्वराज पोखरेल र भदौ २३ मा मुकुन्दराज आचार्य पनि अनिवार्य अवकाश भएका थिए। उनीहरु तीनै जना एआईजी ५६ वर्षे उमेरहदका कारण अवकाश भएका हुन्। 

कात्तिक २५ गते एआईजी रविन्द्रबहादुर धानुक पनि अवकाश हुने भएका छन्। उनको अवकाशपछि मात्रै एआईजी बढुवा गर्ने सरकारको तयारी छ। 

आगामी चैतदेखि प्रहरी नेतृत्व सुम्पिने गरी एआईजी बढुवा गर्न लागिएको हो। मंसिर ४ को निर्वाचनअघि नै एआईजी बढुवा गर्ने तयारीमा सरकार रहेको गृह मन्त्रालयका उच्च अधिकारीले बताएका छन्। 

सरकारले डीआईजीको बरियतामा अगाडी रहेकालाई नै एआईजी बनाउने तयारी गरेको छ। यसअघि डीआईजीमा पनि उनीहरुलाई यहि सरकारले बढुवा गरेको थियो। भावि आईजीपी हुने भएकाले एआईजीमा केही परिवर्तन हुने सम्भावना छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले एआईजीमा अशोक सिंहलाई अगाडी ल्याउन चाहेका छन्। डीआईजीमा भने पहिलो नम्बरमा वशन्त कुंवर छन्। दुई नम्बरमा टेकप्रसाद राई र अशोक सिंह तीन नम्बरमा छन्। चौथो नम्बरमा भएका दीपक थापा पनि यसै पटक एआईजी बन्ने संभावना बलियो छ। 

हाल नेपाल प्रहरीमा जनपदतर्फ ८ एआईजीको दरबन्दी छ। अवकाश हुन लागेका एआईजी धानुकसँगै सहकुलबहादुर थापा, दिवेश लोहनी, उत्तमराज सुवेदी र पूजा सिंह कार्यरत छन्। 

तीमध्ये चार एआईजी आईजीपी सिंहसँगै आगामी चैतमा अवकाश हुनेछन्। अब बन्ने चार एआईजी मध्येबाटै भावी आईजीपी हुनेछन्।

आगामी चैतमा आईजीपी नबने पनि दीपक थापा भने त्यसपछिको आईजीपी बन्ने सम्भावना कायम रहनेछ। थापा पछिल्लो ब्याचका हुन्। 
उनका ब्याची पछाडि रहेकाले पनि थापाको आईजीपी बन्ने सम्भावना बलियो छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .