स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति भएको खेलमा रियल मड्रिड रायो भालकानोसँग ३–२ गोल अन्तरले पराजित भएको छ।
खेलको पाँचौं मिनेठमा नै गोल खाँदै पछि परेको रियाका लागि खेलको ३७ औं मिनेटमा पेनाल्टीमार्फत लुका मोड्रिच र ४१ औं मिनेटमा एडर मिलिटाओले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।
तर, खेलको ४४ औं मिनेटमा भालकानोको लागि एल्भारो गार्सिया रिभेराले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेलको ६७ औं मिनेटमा पाएको पेनाल्टीमा भालकानोका ओस्कार ट्रेजोले गोल गर्दै जारी सिजनमा रियललाई पहिलो हार चखाए।
यससँगै रियलले लिगको शीर्षस्थानमा उक्लिने मौका गुमाएको छ। उसले लिगमा १३ खेलबाट ३२ अंक हात पारेको छ।
लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले समान खेलबाट ३४ अंक जोडेको छ।
201
Shares
प्रतिक्रिया