ad ad

खेल


एक्सप्लेनर : यूएईविरुद्धको खेलमा नेपालले किन पायो ५ रन?

एक्सप्लेनर : यूएईविरुद्धको खेलमा नेपालले किन पायो ५ रन?

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १२:५७, काठमाडौँ

यूएईविरुद्धको तीन एकदिवसीय क्रिकेटअन्तर्गत बुधबारको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले तीन विकेटको जित हात पार्‍यो। यो खेलमा एक रोचक पक्ष के रह्यो भने नेपालले ५ रन पेनाल्टीमार्फत पाएको थियो। 

बुधबारको खेलमा पुरानो आदत जस्तै यूएईका ब्याटर शलिशन शाराफुले बलिङ इनिङमा बललाई चम्किलो बनाउन थुक लगाए।

उनको यो कार्य फिल्ड अम्पायरहरु विनय झा र दुर्गा सुवेदीले देखिरहेका थिए। यससँगै उनीहरुले पेनाल्टीस्वरुप नेपाललाई ५ रन दिने निर्णय गरे। 

पहिलोपटक दुई वर्षअघि कोभिड–१९ को महामारीको समयमा बलमा थुक लगाउन प्रतिबन्ध लगाइएको थियो। त्यतिबेला भर्खरै मात्र नयाँ नियम आएकाले खेलाडीले यस्तो गरेमा उनीहरुलाई चेतावनी दिइन्थ्यो।

यद्यपि गत अक्टोबरदेखि लागू भएको नयाँ नियमअनुसार भने यसरी बलमा थुक लगाउने टोलीलाई तत्कालै खेलमा सजाय दिइन्छ। बुधबारको एकदिवसीय क्रिकेट नेपालले पाएको ५ रन पेनाल्टी नयाँ नियम आएपछिको पहिलो घटना हो। 

बुधबारको खेलमा १९२ रनको लक्ष्य पछ्याउन संघर्ष गरिरहेको नेपालले महत्वपूर्ण समयमा उक्त ५ रन पेनाल्टीमार्फत पाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .