आइसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया र स्कटल्याण्डको त्रिकोणात्मक सिरिजका लागि राष्ट्रिय टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो।
रोहित पौडेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरि, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुल्सन झा, करण केसी, हरिशंकर शा, नन्दन यादव टोलीमा परेका छन्।
त्रिकोणात्मक सिरिजमा युएईसँग खेलेका टोलीमा एक खेलाडी परिर्वतन गरेको छ। नेपालले युएईसँगको सिरिजमा परेका भिम सार्कीको स्थानमा नन्दन यादवलाई समेटेको छ।
लिग–२ अन्तर्गतगको सिरिज नामिबियामा डिसेम्बर २ देखि ८ सम्म हुनेछ।
नेपालले सिरिजको तयारीका लागि युएईसँग घरेलु मैदानमा ३ खेलको सिरिज खेलेको थियो। जुन सिरिज नेपालले २–१ ले आफ्नो पक्षमा पारेको थियो।
96
Shares
प्रतिक्रिया