पछिल्लो समय खराब लयबाट गुज्रिरहेको नेपाल स्कटल्यान्डसँग पनि पराजित भएको छ।
आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिजअन्तर्गत बिहीबार भएको एकदिवसीय खेलमा नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको हो
नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा स्कटल्यान्डले नेपालले दिएको १ सय २० रनको लक्ष्य २ विकेट क्षतिमा १६ ओभर ५ बलमा भेट्टाएको हो।
स्कटल्याण्डलाई जिताउने क्रममा क्रिस्टोफर म्याकब्रिडिले अविजित ४६ र जर्ज मुन्सिले ४५ रनको योगदान दिए। उसका लागि कायल कोट्जरले १६ रन बनाए।
पराजित नेपालको तर्फबाट गुलसन झा र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट झार्न सके।
सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसामु जितका लागि एक सय २० रनको चुनौती प्रस्तुत गरेको थियो।
नामिबियाको युनाइटेड क्रिकेट मैदानमा आटस जितेर पहिले व्याटिङ गर्दै नेपालले ३५ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै ११९ रन मात्र बनाएको थियो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४७ रनको योगदान दिए। उनले ५७ बल खेल्दै दुई छक्का र चार चौका प्रहार गरे।
त्यसैगरी सोमपाल कामीले १६, ललित राजवंशीले ११ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए।
ज्ञानेन्द्र मल्लले नौ रन जोड्दा आरिफ शेखले छ तथा गुल्सन झाले पाँच रन बनाए । त्यस्तै आरिफ शेख एक रनमा आउट भए।
बलिङतर्फ स्कटल्याण्डका ब्रान्डोन म्याकमुलेन, सफियान सारिफ र मार्क वाटले समान दुई दुई विकेट झारे।
त्यस्तै कृस सोले, क्रिस्टोफर म्याकब्राइड र क्रिस ग्रेभ्सले समान एक एक विकेट लिए। सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्ड सहभागी छन्।
Shares
प्रतिक्रिया