ad ad

खेल


नेपाली क्रिकेट टोलीका प्रशिक्षक प्रभाकरको राजीनामा स्वीकृत

नेपाली क्रिकेट टोलीका प्रशिक्षक प्रभाकरको राजीनामा स्वीकृत

फाइल तस्बिर


नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १६:१०, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिएको बिहीबार स्वीकृत भएको छ। 

मुख्य प्रशिक्षक प्रभाकरले दिएको राजीनामा बिहीबारदेखि नै लागु हुने गरी स्वीकृत भएको जानकारी नेपाल क्रिकेट संघ (क्यान) ले दिएको छ। 

प्रभाकर भने यसअघि नै भारत पुगिसकेका छन्। क्यानले नेपाली टोली सम्हाल्ने गरी प्रभाकरसँग एक वर्षे सम्झौता गरेको थियो।

तत्कालीन प्रशिक्षक डेभ ह्रवाटमोरले राष्ट्रिय टोली छाडेपछि प्रभाकर नेपाली टोली सम्हाल्न गत साउनमा नेपाल आएका थिए।

भारतीय प्रशिक्षक प्रभाकर नेपाल आएपछि नेपालको क्रिकेट यात्रा झन् ओरालो लागेको थियो

पूर्व प्रशिक्षक ह्वाटमोरले टोली सम्हालेपछि नेपाली टोली केही लयमा देखिएको थियो।

उनले नेपालको ब्याटिङ लाइनमा सुधारको संकेत दिएका थिए। उनले टोलीमा ओपनरको खोजी गर्दै नेपाललाई सुखद नतिजा पनि दिएका थिए। 

प्रभाकरले नेपाली टोली सम्हालेपछि नेपालको प्रर्दशन झन् खस्किँदै गएको थियो। प्रभाकर नेपाल आएको एक सातामा नै राष्ट्रिय टोलीले केन्या भ्रमण गरेको थियो। 

तर पछिल्लो समय नेपाली क्रिकेट टोलीको प्रदर्शन लगातार खराब थियो। समाचार अनुसार खराब प्रदर्शनका कारण खेलाडीसँग प्रभाकरको सम्बन्ध पनि बिग्रिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .