ad ad

खेल


ओमरजाईको शानदार पालीमा  पोखरालाई काठमाडौंको १६३ रनको लक्ष्य

ओमरजाईको शानदार पालीमा  पोखरालाई काठमाडौंको १६३ रनको लक्ष्य

नेपालखबर
पुस ९, २०७९ शनिबार ११:१३, काठमाडौँ

नेपाल टी२० लिगअन्तर्गतको पहिलो खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई १६३ रनको विजयी लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिङ गरेको काठमाडौं नाइट्सले निर्धारित १९ ओभरमा ५ विकेटको क्षतिमा १६२ रन बनाएको हो।

काठमाडौंका लागि  अफगानिस्तानका ब्याटर अजमातुल्लाह ओमर्जाईले शानदार पाली खेल्दै ४२ बलमा अविजित ८५ रनको अर्धशतकीय पाली खेले। त्यस्तै सुनम गौतमले २७ रन बनाए। ४८ रन बनाउँदा ५ विकेट गुमाइसकेको काठमाडौंका लागि ओमर्जाई र गौतमले अविजित ११४ रनको साझेदारी गर्दै सम्मानजनक योगफल तयार पारेका हुन्। 

पोखराका प्रतिस जीसी र जाहिर खानले समान २/२ विकेट लिँदै सुरुवातमा काठमाडौंलाई केही दबाबमा राखेका थिए। इनिङको अन्तिम ५ ओभरमा काठमाडौंले ७८ रन बनाएको थियो। 

पोखराले केही समयमा जवाफी ब्याटिङ गर्दै छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .