फारवेष्ट युनाइटेडलाई ८ विकेटले पराजित गर्दै जनकपुर रोयल्सले नेपाल टी २० लिगमा तेस्रो जित दर्ता गरेको छ।
फारवेष्टले दिएको १७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाएर जित हात पारेको हो।
चन्दविक वाल्टन र सन्दीप जोराले तेस्रो विकेटका लागि १५१ रनको अविजित साझेदारी गरेपछि जनकपुरले फारवेष्टमाथि सहज जित निकालेको हो।
चन्दविक ६९ र सन्दीप ७७ रनमा नटआउट रहे। ४० बलको सामना गरेका चन्दविकले २ चौका र ५ छक्का हो। सुदिपले ५४ बलमा ३ चौका र ५ छक्का हाने।
ओपनर पवन सर्राफ १२ तथा कप्तान त्रिभोन ग्रिफ्ट ६ रनमा आउट भए।
फारवेष्टका करण केसीले २ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको फारवेष्टले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६९ रनको योगफल तयार पारेको थियो।
फारवेष्टका भीम सार्की ३६ र करण केसी ४६ रनमा नटआउट रहे। भीमले ३० बलमा १ चौका र २ छक्का हाने। करनले १७ बलमा ३ चौका र ४ छक्का हाने।
ओपनर देव खनालले २२ तथा हसिम अन्सारीले ११ रन बनाए। कप्तान हस्मतुललाह शाहिदी १९ रनमा रनआउट भए। उमैर अली शुन्य रनमा आउट हुँदा हरिशंकर शाह १३ रनमा रनआउट भए।
जनकपुरका ललित राजवंशीले २ विकेट झारे। सोमपाल कामी र जितेन्द्र मुखियाले एक एक विकेट लिए।
Shares
प्रतिक्रिया