लुम्बिनी अल स्टार्ससँग पराजित हुँदै काठमाडौं नाइट्सले नेपाल टी २० लिगमा दोस्रो हार व्यहोरेको छ।
काठमाडौले ४ खेलमा समान १ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ। लुम्बिनीले ५ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा छ।
लुम्बिनीले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको काठमाडौले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो।
काठमाडौंलाई ३५ रनले पराजित गरेको लुम्बिनीले लिगमा अपराजित पाँचौँ जित निकालेको छ। काठमाडौले अजमतुल्लाह ओम्जाइले सर्वाधिक ३८ रन जोडे। सुमन गौतमले १८, बसिर अहमदले १० रन थपे। एलेक्स ब्लेक ११ रनमा आउट भए।
कमल ऐरी १९ र अविनास बोहोरा ८ रनमा नटआउट रहे।
काठमाडौलाई कम स्कोरमा रोक्न हरमत सिंह एक्लैले ३ विकेट झारे। कसिलो बलिङ गरेका उनले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र ७ रन खर्चे। किशोर महतो, स्लेड्ली भान, तिलक भण्डारी र ह्यारी टेक्टरले समान एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५० रनको योगफल तयार पारेको हो।
कप्तान दिपेन्द्र सिंह ऐरि ४० रनमा क्याच आउट भए। २७ बलको सामना गरेका दीपेन्द्रले ३ चौका र १ छक्का हाने।
लुम्बिनीका ओपनर लाहिरु मिलान्था २५ र सुनिल धमाला ३ रनमा पवेलियन फर्के। मिलान्थाले १८ बलमा २ छक्का हाने। कुशल भुर्तेल १९ रनमा एलबीडब्लु धरापमा परे। अनिल शाह १३ र हरमित सिंह १२ तथा ह्यारी टेक्टर ७ रनमा क्याच आउट भए। सेड्ली भान २१ रनमा नटआउट रहे। गुल्सन झा २ रनमा रनआउट भए।
काठमाडौका अज्मतुल्लाह ओमरजाइ २ विकेट लिए। अविनास बोहोरा, अनिल खरेल, बसिर अहमद, सुनिल गौतम र एलेक्स ब्लेकले समान एक एक विकेट झारे।
Shares
प्रतिक्रिया