ad ad

खेल


जनकपुरमाथि काठमाडौंको फराकिलो जित

जनकपुरमाथि काठमाडौंको फराकिलो जित

नेपालखबर
पुस १७, २०७९ आइतबार १२:३५, काठमाडौँ

काठमाडौं नाइट्सले नेपाल टी २० लिगमा तेस्रो जित दर्ता गरेको छ। काठमाडौंसँग ९० रनको फराकिलो अन्तरले पराजित भएको जनकपुर रोयल्स्ले भने लिगमा दोस्रो हार व्यहारेको छ। 

काठमाडौले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर ५ बल अगावै ९० रन जोड्दा अलआउट भयो। 

जनकपुरका लागि सरफुद्दिन अस्रफले बनाएको ३७ रन नै सर्वाधिक रह्यो। ३१ बलको सामना गरेक उनले २ चौका र ३ छक्का हाने। खडक बोहोराले १० रन बनाए। सोमपाल कामी २१ रनमा क्याच आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। त्रिभोन ग्रिफिट, चन्दविक वाल्टन र जितेन्द्र मुखिया शुन्य रनमा आउट भए। 

जनकपुरलाई कम स्कोरमा रोक्न अविनास बोहोरा एक्लैले ४ विकेट लिए। कसिलो बलिङ गरेका उनले ३.१ ओभरमा मात्र १३ रन दिए। अज्मतुल्लाह ओम्जाइले २ विकेट झारे। कमल ऐरि, अनिल खरेल र बसिर अहमदले एक एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार पारेको थियो। 

चौथो विकेटका लागि सुनम र रायन वर्लले ८४ रनको साझेदारी गरे। सुनम ६२ रनमा क्याच आउट भए। ४७ बलको सामना गरेका सुनमले ४ चौका र ४ छक्का हाने। रायन वर्ल ६१ ननटआउट रहे। ४० बलको सामना गरेका रायनले ४ चौका र ३ छक्का हाने। 

एलेक्स ब्लेक २०, अजमतुल्लाह ओम्जाइ १० र विरनदिप सिंह ९ रनमा पवेलियन फर्के। कप्तान ज्ञानेन्द्र मल्ल डकआउट भए। लिगका ५ खेलमध्ये ३ खेलमा मल्ल डक आउट भएका हुन्। लोकेश बम १० रनमा रनआउट भए।  

जनकपुरका जितेन्द्र मुखियाले ३ विकेट झारे। सरफुद्दिन अस्रफ, त्रिभोन ग्रिफ्रिटले एक एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .