ad ad

खेल


पोखरालाई काठमाडौंको १६५ रनको लक्ष्य

पोखरालाई काठमाडौंको १६५ रनको लक्ष्य

तस्बिर : क्यान


नेपालखबर
पुस १८, २०७९ सोमबार १०:३४, काठमाडौँ

एलेक्स ब्लेकको आक्रामक ब्याटिङमा नेपाल टी२० लिगमा काठमाडौँ नाइट्सले पोखरा एभेन्जर्ससामु १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको हो। 

काठमाडौका लागि एलेक्स ब्लेकले सर्वाधिक ६४ रनको योगदान दिदए। ब्लेकले २८ बलमा ३ चौका र ७ छक्का हाने।  रायल वर्ल १० र लोकेश बम ४ रनमा नटआउट रहे। 

ओपनर विरनदिप सिंह ३२ र सुनाम गौतम ४५ रनमा पवेलियन फर्के। ३८ बलको सामना गरेका विरनदिपले २ चौका र १ छक्का हाने। सुनामले ४२ बलमा ५ चौका हाने।  अज्मतुल्लाह ओम्जाइ ३ रनमा बोल्ड आउट भए। 

पोखराका लागि तुल थापाले २ तथा कुशल मल्ल र प्रतिश जिसीले एक एक विकेट आफ्नो नाममा गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .