ad ad

खेल


खेलाडीले टस गर्नै नमानेपछि क्यानका पदाधिकारीको बैठक जारी

खेलाडीले टस गर्नै नमानेपछि क्यानका पदाधिकारीको बैठक जारी

तस्बिर : लक्ष्मी जि.सी. /नेपालखबर


नेपालखबर
पुस १९, २०७९ मंगलबार १०:१४, काठमाडौँ

सुरुवात देखि नै विवाद र अन्यौलमा पर्दै आएको नेपाल टी २० लिग आयोजनको बीचमा नै रोकिने अवस्थामा पुगेको छ।

लिगका ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन्। आधा खेल सकिंदा पनि खेलाडीले पैसा नपाएपछि खेलाडीले मंगलबारको पहिलो खेलका लागि टसका लागि प्लेइङ लिष्टमा नाम नै टिपाउन मानेका थिएनन्। 

भारतीय कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स’का जतिन आलुवालिया सोमबार रातिबाट नै सम्पर्कविहीन छन्। 

लिग जारी रहँदा खेलाडीको श्रम स्वीकृति र खेलाडीले पारिश्रमिक नपाएपछि लिग रोकिने अवस्थामा पुगेको हो। 

साढे ८ बजे टस भएर ९ बजे खेल भसुरु हुनुपर्ने भएपनि अहिलेसम्म टस समेत हुन सकेको छैन। 

लिगमा सहभागी ६ फ्रेन्चाइज टोलीमध्ये एक टोलीले मात्र आधा पैसा पाएको बताइएको छ। 

लिगमा विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स्, काठमाडौं नाइट्स र फारवेष्ट युनाइटेडले पैसा पाएका छैनन्। लुम्बिनीका खेलाडीले पनि आज बिहानसम्म कुनै रकम पाएका छैनन्। खेलाडीले समयमा नै पैसा नपाएपछि खेलाडीहरु खेल खेल्न मानेका थिएनन्। पोखराले भने ५० प्रतिशत रकम पाइसकेको छ। 

क्यानका पदाधिकारीहरु अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बैठक बसिरहेका छन्। नेपाल टी–२० लिग आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले भारतिय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई ८ वर्षका लागि ३३ करोड रुपैयाँमा बेचेको थियो। सम्झौता अनुसार सेभेन थ्री स्पोर्ट्सले क्यानलाई पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ दिने सहमती भएको थियो। यद्यपी अहिलेसम्म क्यानले १ करोड २० लाख रुपैयाँ मात्र प्राप्त गरेको छ। 

समयमा नै खेल सुरु हुन नसकेपछि अहिले खेलाडी, क्यान पदाधिकारी र सेभेन थ्री स्पोर्टस्का पदाधिकारी मैदानमा नै छलफलमा व्यस्त छन्। सम्भवत आजको लागि तय खेल नहुने सम्भावना प्रवल छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .