ad ad

खेल


पोखरालाई हराउँदै जनकपुर प्लेअफमा

पोखरालाई हराउँदै जनकपुर प्लेअफमा

नेपालखबर
पुस २१, २०७९ बिहिबार ११:२७, काठमाडौँ

पोखरा एभेन्जर्सलाई पराजित गर्दै जनकपुर रोयल्स नेपाल टी२० लिगको प्लेअफमा पुगेको छ। 

बिहिबार भएको खेलमा जनकपुरले पोखरालाई ६ विकेटले पराजित गर्दै प्लेअफमा स्थान बनाएको हो। ९ खेलमा ६ खेलमा जित र ३ खेलमा हार भोगेको जनकपुरले १२ अंक बनाएको छ। 

पोखराले दिएको ६९ रनको झिनो लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। 

पहिलो विकेटका लागि सरफुद्दिन अस्रफ र कप्तान त्रिभोन गी्रफ्तले ५७ रनको साझेदारी गरेपछि सहज जित भेट्टाएको हो। 

पवन सर्राफ ३ र रोजेश पुलामी १ रनमा नटआउट रहे। असन प्रियन्जन १ र दिलीप नाथ शुन्य रनमा आउट भए। 

पोखराका लागि कुशल मल्ल एक्लैले ३ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले १० रन खर्चे। असिथा फर्नान्डोले १ विकेट झारे। उनले ३ ओभरमा २१ रन खर्चे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको पोखरा १२ ओभरमा ६८ रन बनाउँदा अलआउट भयो। 

पोखराका लागि सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाए। कुशल मल्ल र आशिफ शेखले समान १६ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

पोखरालाई कम स्कोरमा रोक्न जनकपुरका सोमपाल कामी एक्लैले ३ विकेट लिए। २ ओभर बलिङ गरेका सोमपालले मात्र ८ रन खर्चे। 

ललित राजवंशी र सरफुद्दिन अप्रफले समान २ विकेट लिए। ललितले ३ ओभरमा १ मेडन राख्दै ६ रन दिए। जितेन्द्र मुखिया, त्रिभोव ग्रीफ्त र पवन सर्राफले एक एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .