ad ad

खेल


इटलीका चर्चित फुटबलर भियालीको निधन

इटलीका चर्चित फुटबलर भियालीको निधन

नेपालखबर
पुस २२, २०७९ शुक्रबार १८:१५, काठमाडौँ

इटाली तथा चेल्सीका पूर्वस्टाइकर तथा म्यानेजर जियानलुका भियालीको ५८ वर्षको उमेरमा निधन भएको छ। 

उनी इटालीका लागि ५९ पटक खेलेका थिए। 

उनलाई सन् २०१७ मा प्यान्क्रियाटिक क्यान्सर भएको पत्ता लागेको थियो। सन् २०२२ को डिसेम्बरमा स्वास्थ्यलाई ध्यान दिने भन्दै उनले इटालीको राष्ट्रिय टोली छाडेका थिए। 

इटालियन फुटबल महासंघका अध्यक्ष गब्रिएल ग्राभिनले उनी एक सानदार व्यक्ती भएको भन्दै उनको ठाउँ कसैले लिन नसक्ने बताए। 

उनले थपे, ‘उनले इटालीयन फुटबल र निलो सर्टका लागि जे गरे त्यो कहिल्यै बिर्सन सकिने छैन। महासंघले उनको सम्झनामा इटालियन खेलहरु अघि भियालीको सम्झनामा एक मिनेट मौन धारण गरिनेछ।’ 

उनको सम्झनामा विभिन्न क्लब तथा खेलाडीहरुले समवेदना व्यक्त गरेका छन्। 

भियालीले युभेन्टस, चेल्सी, साम्पडोरिया, क्रिमोन्सीमा गरि ४८८ खेलमा १६७ गोल गरेका छन्। 

इटालीबाट यू–२१ मा २० खेलमा २१ गोल गरेका थिए। इटालीको टोलीबाट ५९ खेलमा १६ गोल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .