ad ad

खेल


त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबको विजयी सुरुवात

त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबको विजयी सुरुवात

नेपालखबर
पुस २४, २०७९ आइतबार १२:२४, काठमाडौँ

सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ। 

आइतबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सुरु च्याम्पियनसिपमा पुलिसले नयाँ बजार सामाजिक युवा क्लबलाई सोझो सेटमा पराजित गरेको हो। 

पुलिसले नयाँबजारलाई २५–१०, २५–६ र २५–८ को सोझो सेटमा हरायो। जितसँगै पुलिस क्लबले समूह ए मा ३ अंक जोडेको छ। समुह ए मा पुलिससँगै होङग्वान्जी न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब र नयाँ बजार छन्। 

आजै भएको समुह बी को अर्को खेलमा आर्मीले कृष्ण सेकेन्डरी एकेडेमीलाई सोझो सेटमा नै हराएको छ। 

आर्मीले कृष्णालाई २५–३,२५–५ र २५–१० ले पराजित गरेको हो। समुह बी मा आर्मीसँगै कृष्णा सेकेण्डरी एकेडेमी, एपिएफ र गण्डकी प्रदेश छन्। 

च्याम्पियनसिपमा आजै पुरुषतर्फ नेपाल पुलिस क्लब र न्युटन भलिबल एकेडेमी तथा त्रिभुवन आर्मी क्लब र दावाली मिलान क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 

माघ १ गतेसम्म हुने च्याम्पियनसिपमा पुरुषतर्m १५ र महिलामा ८ टोलीको सहभागिता रहेको छ। पुरुष र महिला दुवै तर्फको विजेताले समान ४ तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .