यसअघि सन् २०१० देखि २०१२ को सिजनमा ३८ वर्षीय इभ्राहिमोभिचले एसी मिलानबाट खेलेका थिए।
त्यसबेला ८५ खेलमा उनले ५६ गोल गरेका थिए। क्लब र इभ्राहिमोभिच दुवैले सम्झौता भएको पुष्टि गरेका छन्।
गत नोभेम्बरमा मात्र इभ्राहिमोभिचले एल ए ग्यालेक्सी छाडेका थिए। हाल सिरि एमा इभ्राहिमोभिच अनुबन्ध भएको टोली एसी मिलान २१ अंकसहित ११ औं स्थानमा छ।
क्रिस्टियानो रोनाल्डो पनि सिरि एकै क्लब युभेन्ट्सबाट खेलिरहेका छन्।
इभ्राहिमोभिचले बार्सिलोना, युभेन्ट्स, म्यानचेस्टर युनाइटेड, इन्टर मिलान, एसी मिलान, आयाक्स, पीएसजी एलए ग्यालेस्की जस्ता चर्चित क्लबहरुबाट खेलिसकेका छन्।
प्रतिक्रिया