ad ad

खेल


प्रधानसेनापति म्याराथनको उपाधि राजन रोकायालाई

प्रधानसेनापति म्याराथनको उपाधि राजन रोकायालाई

नेपालखबर
माघ २८, २०७९ शनिबार १४:३३, काठमाडौँ

कुमारी दल गुल्मका राजन रोकायाले प्रधानसेनापति फुल म्याराथनको उपाधि जितेका छन्। 

राजनले श्री रणशेर गणका खडक बहादुर खड्कालाई पछि पार्दै म्याथानको उपाधि हात पारेका हुन्। 

शनिबार भएको ४२.१९५ किमिको निर्धारित दुरी राजनले २ घण्टा २० मिनेट ०८ सेकेण्डमा पार गरे। दोस्रो भएका खडकले निर्धारित दुरी २ घण्टा २१ मिनेट ४३ सेकण्डमा पार गरे। 

श्री शेर गणका कृष्णबहादुर बस्नेतले २ घण्टा २२ मिनेट २२ सेकेण्डमा पार गर्दै तेस्रो भए। 

२१ किलोमिटर हाफ म्याराथनको उपाधि पुरुषतर्फ आर्मीकै दिपक अधिकारी र महिलातर्फ नेपाल प्रहरीकी राजपुरा पछाईले जिते। 

पुरुषतर्फ दिपकले श्री देवीदल गणका मुकेश पाललाई पराजित गरे। दिपकले निर्धारित दुरी १ घण्टा ०४ः०६ मा पार गरे। मुकेशले १ घण्टा ०४ः५७ सेकेण्डमा पार गरे। बागलुङका तीर्थ पुन तेस्रो भए। उनले १ घण्टा ०५ः१ सेकेण्डमा दुरी पार गरे। 

हाफ म्याराथन महिलातर्फ नेपाल प्रहरीकी राजपुरा पछाइले आर्मीको भगवती दलकी पूर्णलक्ष्मी न्यौपानेलाई पछि पार्दै उपाधि जितिन्। 

राजपुराले निर्धारित दुरी १ घण्टा १४ सेकेण्ड ३४ सेकेण्डमा पार गरिन्। पूर्णलक्ष्मीले १ घण्टा १९ मिनेट ०३ सेकेण्डमा पार गरिन्। श्री गरुण दलकी निर्मला केसीले निर्धारित दुरी १ घण्टा २१ मिनेट २९ सेकेण्डमा पार गर्दै तेस्रो भइन्। 

१० किलोमिटर सैनिक अधिकृत महिलातर्फ युद्ध कवच गणकी अस्मिता जिसी पहिलो, चण्डीदल गणकी दुर्गा केसी दोस्रो र गोरखकाली गुल्मका गिता गुरुङ तेस्रो भइन्। 

पुरुषतर्फ जगदल गणका सुरज ऐडी पहिलो, नेपाली सैनिक प्रतिष्ठानका विशालचन्द्र वाजी दोस्रो र प्रतिविद्रोह तथा जगंल वारफेयरका जिलेस्पी जंग कार्की तेस्रो भए। 

१० किलोमिटर छात्रतर्फ पिनाकल एकेडेमीका विकेश घिमिरे प्रथम, एनसीसीका प्रज्वल श्रेष्ठ दोस्रो र सैनिक आवासीय महाविद्यालयका सुशील बोहोरा तेस्रो भए। 

छात्रातर्फ राष्ट्रिय सेवादलका सोनु घतानी पहिलो, साधुना श्रेष्ठ दोस्रो र विजेश्वरी ज्ञानमन्दिरकी मनिषा गिरी तेस्रो भइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .