आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाले दिएको २ सय ८६ रनको चुनौतीको जवाफ अहिले नेपालले सम्हालिएर दिइरहेको छ।
घरेलु टोली नेपालले सुरुवाती दुई विकेट सस्तैमा गुमाए पनि मध्यक्रममा सम्हालिँदै खेलिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रन जोड्दा अलआउट भएको थियो।
त्यसपछि जवाफी ब्याटिङ गरेको नेपालका लागि ओपनर आशिफ शेख शून्य र तेस्रो क्रमका ज्ञानेन्द्र मल्ल ३५ बलमा २५ रन बनाउँदै आउट भए।
यस्तोमा इनिङ सम्हालेका कुशल भुर्तेलले अर्धशतकसहित ५७ बलमा ५४ रन बनाएका छन्। उता रोहित पौडेलले पनि उनलाई साथ दिँदै ४७ बलमा अर्धशतक बनाइसकेका छन्।
यअसघि नामिबियाविरुद्ध बलिङका क्रममा नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिए। करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन दिए। सन्दीप लामिछानेले ३ विकेट लिए।
१० ओभर बलिङ गरेका सन्दीपले ६६ रन खर्चे। सोमपाल कामी र कुशल मल्लले एक-एक विकेट लिए।
Shares
प्रतिक्रिया