ad ad

खेल


कुशल र रोहितको कीर्तिमानी साझेदारी

७२ रन बनाउँदै आउट भए रोहित
कुशल र रोहितको कीर्तिमानी साझेदारी

नेपालका लागि ७२ रन बनाउँदै आउट भएका कप्तान रोहित पौडेल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २, २०७९ मंगलबार १५:३३, काठमाडौँ

ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेलले नामिबियाविरुद्ध कीर्तिमानी साझेदारी गरेका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसीसी लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा १ सय ३३ रनको साझेदारी गर्दै नेपालका लागि सर्वाधिक साझेदारी गर्ने कीर्तिमान कायम गरेका हुन्। 

३३ ओभरमा १ सय ८६ रन बनाउने क्रममा रोहित र कुशलले यो कीर्तिमान आफ्नो नाममा गरेका हुन्। 

उत्कृष्ट साझेदारी भइरहेका बेला कप्तान रोहित पौडेल ७६ बलमा ७२ रन बनाउँदै आउट भएका छन्। उनले आफ्नो इनिङमा ७ चौका र ३ छक्का पनि हानेका थिए। 

रोहित आउट भएपछि पाँचौ क्रममा कुशल मल्ल क्रिजमा गएका छन्। अहिले कुशल भुर्तेल ८३ बलमा ८१ रन बनाउँदै खेलिरहेका छन्।

यसअघि सन् २०२२ मा घरेलु मैदानमा भएको खेलमा दीपेन्द्रसिंह ऐरि र देव खनालले पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि १ सय २३ रनको साझेदारी गरेका थिए। 

नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले ३३ ओभरको समाप्तीमा १ सय ८६ रन बनाएर खेलिरहेको छु। 

रोहित ७२ र कुशल ८१ रनमा नटआउट छन्। रोहितले ७५ बलमा ७ चौका र ३ छक्का हानेका छन्। कुशलले ८३ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .