ad ad

खेल


नेपालले लगातार गुमायो ३ विकेट

नेपालले लगातार गुमायो ३ विकेट

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १३:२९, काठमाडौँ

आइसीसी विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्यान्डसँगको खेलमा लगातार विकेट पतन भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले चौथो ओभरमा नै ३ विकेट गुमाइसकेको छ। 

उत्कृष्ट सुरुवात गरेका ओपनर कुशल भुर्तेल १६ रन जोड्दै पवेलियन फर्के। कुशलले ८ बलमा ४ चौका हानेका थिए। पहिलो ओभरमा नै २३ रन बटुलेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो। 

तेस्रो नम्बरमा ब्याटिङमा आएका ज्ञानेन्द्र मल्ल ४ रनमा क्याच आउट भए। 

चौथो ओभरको समाप्तीमा नेपालले २ विकेटको क्षतिमा ३८ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा आशिफ शेखले १४ बलमा ९ रन बनाउँदै पेविलियन भए।्

२ ओभर बलिङ गरेका स्कटल्यान्डका क्रिस सोलेले २८ रन खर्चेर २ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .