आईसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले शनिबार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलामा नेपालले लगातार तेस्रो जित निकालेको हो।
शनिबार नामिबियासँग भएको खेल हेर्न टियू मैदानमा उल्लेख्य दर्शकहरू उपस्थित भएका थिए। त्रिकोणात्मक सिरिजमा लगातार जित निकालेको नेपालको खेल हेर्न उत्साहीत दर्शकहरुको क्रेज लोभलाग्दो देखिएको थियो।
कोही रुख चढेर क्रिकेट हेरिरहेका थिए भने कोही पर्खाल नाघेर भित्र प्रवेश गरेर भएपनि खेल हेर्ने जमर्को गरिरहेका थिए।
नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो। यो जितसँगै नेपालले लिग २ को सिरिजमा नै निकालेको यो पहिलो तेस्रो जित हो।
तस्बिरहरूः
138
Shares
प्रतिक्रिया