ad ad

खेल


अन्तिम खेलमा नेपालले पहिले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

अन्तिम खेलमा नेपालले पहिले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

नेपालखबर
फागुन ९, २०७९ मंगलबार ८:३९, काठमाडौँ

आईसीसी लिग २ विश्वकप एक दिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले पहिले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ बजे सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो।

लिग २ मा पहिलोपटक लगातार तीन खेलमा जित हासिल गरेको नेपाल घरेलु मैदानमा सिरिज क्लिन स्विप गर्ने योजनामा छ।

उता पहिले नै लिग २ च्यापियन बनिसकेको स्कटल्यान्ड नेपाललाई घरेलु मैदानमा हराउँदै सिरिजको अन्त्य गर्न चाहन्छ। पहिलोपटक नेपाल भ्रमणमा रहेको स्कटल्यान्डको आजको खेलपछि लिग २ को यात्रा सकिनेछ।

नेपाल भने शीर्ष ३ मा रहेर सोझै विश्वकप खेल्ने दाउमा छ। लामो समयदेखि ब्याटिङ समस्या भोगिरहेको नेपालले यो सिरिजमा उत्कृष्ट र कीर्तिमानी प्रर्दशन गरिरहेको छ। नेपाल आज पनि सोही लयलाई नियरन्तरता दिने योजनामा हुनेछ। 

नेपालले पहिलो खेलमा स्कटल्यानडलाई ३ विकेटले हराएको थियो। स्कटल्यान्ड आज सोही हारको बदला लिने दाउमा हुनेछ।

नेपालले पहिलो खेलमा नामिबियालाई २ र दोस्रो खेलमा ३ विकेटले हराएको थियो।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। गुलसन झाको स्थानमा ललित नारायण राजवंशीलाई मौका दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .