एन्फा कम्प्लेक्स सातदोबाटोमा आज (बिहीबार) देखि केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप सुरु भएको छ।
खेलको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरे। उद्घाटनअघि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।
प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
विभागततर्फ उदियमान खेलाडी, सर्वाधिक गोलकर्ता, र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्नेछन्।
प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। हरेक खेलको विजेताले २५ हजार रुपैयाँ पाउनेछ।
63
Shares
प्रतिक्रिया