ad ad

खेल


एस्टोन भिल्लाले जित्दा एभर्टन पुनः रेलिगेसन जोनमा

एस्टोन भिल्लाले जित्दा एभर्टन पुनः रेलिगेसन जोनमा

नेपालखबर
फागुन १४, २०७९ आइतबार ७:३८, काठमाडौँ

ओली वाटकिन्सले पेनाल्टी गोलमा एस्टोन भिल्लालाई प्रिमियर लिगमा महत्त्वपूर्ण जित दिलाउँदा एभर्टन पुनः रेलिगेसन जोनमा पुगेको छ। 

शनिबार राति भएको खेलमा एस्टोन भिल्लासँग २–० गोल अन्तरले पराजित एभर्टन रेलिगेसन क्षेत्रमा पुगेको हो। 

पहिलो हाफमा भिल्लालाई गोलरहित बराबरीमा रोकेको एभर्टनले दोस्रो हाफमा दुई गोल खान पुग्यो। 

खेलको ६३औँ मिनेटमा भिल्लाका स्टाइकर वाटकिन्सले पेनाल्टीमा गोल गर्दै लगातार पाँचौँ लिग खेलमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले भिल्लाका पूर्व मिडफिल्डर इड्रिसा गुएईले पेनाल्टी एरियामा ट्रिप गरेपछि पेनाल्टीको मौका पाएका थिए।

वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका एमिलियानो बुएन्डियाले खेलको ८१औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे।

२४ खेलबाट ३१ अंक जोडेको भिल्ला ११औँ स्थानमा छ। समान खेलबाट २१ अंक बनाएको एभर्टन १८औँ स्थानाम रेलिगेसन जोनमा छ। 

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नमाउथलाई ४–१ ले तथा वेस्ट ह्यामले नटिंगम फरेस्टलाई ४–० ले हराउँदा क्रिस्टल प्यालेस र लिभरपुल गोलरहित बराबरीमा रोकिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .