ad ad

खेल


आईसीसी यू-१९ विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै

आईसीसी यू-१९ विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै

फाइल।


नेपालखबर
फागुन १८, २०७९ बिहिबार ६:४८, काठमाडौँ

आइसिसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ। 

खेल आजमानस्थित इर्डेन गार्डेन ओभलम बिहान पौने ११ बजेबाट सुरु हुनेछ।

नेपालले आजको खेलमा घरेलु टालीलाई पराजित गरे सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्नेछ। हारले नेपालको विश्वकप यात्रा अधुरै रहनेछ। बलिङ र ब्याटिङ दुवैमा सानदार प्रदर्शन गरिरहेको नेपाली टोली उच्च मनोबलमा छ। 

छनोटमा नेपाल र युएई मात्र अपराजित टोली हुन्। तर नेटरनरेटका आधारमा युएई शीर्ष र नेपाल दोस्रो स्थानमा छ। 

नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो। 

उता युएईले भने मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई समान ८ विकेटले हराएको थियो। 

नेपाल आजको खेलमा युएईलाई हराउँदै सन् २०१९ मा भोगेको हारको बदला लिने योजनामा छ। 

सन् २०१९ मा किनारारा ओभल क्रिकेट एकेडेमीमा नेपाल युएईसँग डकवर्थ लेविस मेथडको आधारमा एक रनले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .