आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत युएईविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ।
यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले १७ रन जोड्दा महत्वपुर्ण ३ विकेट गुमाएको छ।
नेपालका लागि कप्तान रोहित पौडेल र ज्ञानेन्द्र मल्ल शून्यमै आउट भएका छन्।
ओपनर कुशल भुर्तेल पनि ५ रनमै आउट भए। ३ ओभरको खेल सकिँदा नेपालले ३ विकेटको क्षतिमा १८ रन जोडेको छ। अहिले क्रिजमा आसिफ शेख र कुशल मल्ल छन्।
नेपालले टस जितरे फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ८ विकेटको क्षतिमा २०७ रन बनाएको छ।
आजको खेल जिते नेपालले लगातार छैटौँ खेल आफ्नो पक्षमा पार्नेछ।
यसअघि नेपालले स्कटल्याण्ड र नामिबियालाई दुवै खेलमा पराजित गरेको थियो। यूएईमा गत सोमबार पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको छ।
आजको जितसँगै नेपालको विश्वकप छनौट खेल्ने सम्भावना बलियो हुनेछ। त्यसका लागि बाँकी ७ खेलमा नेपालले ६ खेल तित्नै पर्नेछ।
Shares
प्रतिक्रिया