ad ad

खेल


प्रशिक्षकमा मोन्टी देशाई आएपछि खुलेर खेल्न पायौँ : रोहित पौडेल

प्रशिक्षकमा मोन्टी देशाई आएपछि खुलेर खेल्न पायौँ : रोहित पौडेल

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २८, २०७९ आइतबार १८:२०, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताएका छन्। 

भ्रमणकारी टोली यूएईविरुद्ध आइतवार १ सय ७७ रनको फराकिलो जित निकालेपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान रोहितले एक दिवसीय मान्यतपछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताएका छन्। 

उनले विश्वकप छनोट पुग्नका लागि थप दुई खेलमा सुखद् नतिजा निकै महत्वपूर्ण रहेको भन्दै अब त्यसैमा केन्द्रित हुने प्रतिक्रिया दिए।

प्रशिक्षक मोन्टी देशाई आएसँगै खेलाडीलाई खुलेर खेल्ने अवसर भएको बताउँदै उनले त्यहीअनुसार सबै खेलाडीले मिहिनेत गर्दा सफलता मिलेको उनले बताए। 

एक दिवसीय मान्यता कायम भएसँगै नेपाली क्रिकेट थप व्यस्त हुने र धेरै भन्दा धेरै खेलाडीले मौका पाउने उनले बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .