ad ad

खेल


नेपालले लगातार विकेट झारेपछि संकटमा पीएनजी

सन्दीपले ३ र ललितले लिए २ विकेट
नेपालले लगातार विकेट झारेपछि संकटमा पीएनजी

नेपालका लागि विकेट लिएपछि खुसी साटासाट गर्दै। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २९, २०७९ सोमबार ११:७, काठमाडौँ

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले कसिलो बलिङ गरिरहेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पिएनजीले २३.३ ओभरमा ६ विकेट गुमाएर ७९ रन बनाएर खेलिरहेको छ। 

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। ललित राजवंशीले २ विकेट झारे। सोमपाल कामीको नाममा एक विकेट रह्यो। 

स्पिनर सन्दीप लामिछानेले सेसे बाउलाई १८ रनमा बोल्ड आउट गराए। हिरि हिरी १४ रन बनाउँदा सोमपाल कामीको बलमा करण केसीको हातबाट क्याच आउट भए।

अर्का अ‍ोपनर किपलिन डोरिगा २ रनमा ललित राजवंशीको बलमा बोल्ड आउट भए। कप्तान असद भाला २० रनमा क्याच आउट भए।

चार्ल्स अमिनी १६ रन बनाउँदा क्याच आउट भए। रिले हेकुरे ललितको बलमा क्याच आउट भए।

नेपालले पीएनजीको छ विकेट झारिसकेको छ। सन्दीपले २४ औँ ओभरको पहिलो बलमा चार्ल्स एमिनीलाई १६ रन बनाएको अवस्थामा ललित राजवंशीको हातबाट क्याच आउट गराए। 

त्यसअघि ललित राजवंशीले नेपाललाई पाँचौँ सफलता दिलाएका थिए। यससँगै पीएनजी दबाबमा परेको छ।

ओपनर र टप अर्डरका सबै खेलाडी गुमाएपछि पीएनजीलाई स्कोर सयमाथि लैजान पनि मुस्किल परेको छ। 

खेलको २३ औँ ओभरको पाँचौँ बलमा ललितले केबल ४ रन बनाएको अवस्थामा रिल्ले हेकुरेलाई क्याच आउट गरे।

यसअघि सन्दीप लामिछानेले नेपाललाई चौथो सफलता दिलाएका थिए। 

स्पिनर सन्दीप लामिछानेले असद भालालाई २० औँ ओभरको पहिलो बलमा ललित राजवंशीमार्फत क्याच आउट गराए। भाला २० रन बनाएको अवस्थामा आउट भए।

त्यसअघि सन्दीपले नै सेसे बाउलाई १८ रनमा बोल्ड आउट गराए। हिरि हिरी १४ रन बनाउँदा सोमपाल कामीको बलमा करण केसीको हातबाट क्याच आउट भए।

अर्का अ‍ोपनर किपलिन डोरिगा २ रनमा ललित राजवंशीको बलमा बोल्ड आउट भए। अहिले क्रिजमा चाड सोपेर र नोर्मान भानुआ छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .