राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हिनसेन्जो अल्बर्टो एनेसेले आफूहरुले अट्याकिङ फुटबल खेल्ने बताएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक हिनसेन्जोले आफुलाई गोल मन पर्ने भन्दै आक्रामक फुटबल खेल्ने बताएका हुन्।
मुख्य प्रशिक्षक हिनसेन्जोले आफू विवादबाट टाढा रहने बताउँदै आफ्नो ध्यान फुटबलमा मात्रै केन्द्रित रहने सुनाए।
सिनियर टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर टोलीका खेलाडीबीचको विवादबारे आफू जानकार रहेको बताउँदै त्यसले केही फरक नपर्ने बताए।
हिनसेन्जोले यसअघि ९ देशमा फुटबल प्रशिक्षण दिइसकेका छन्। उनी दुई साता अघि नै नेपाल आइपुगेका हुन्। ए डिभिजन लिगलाई हेरिरहेका प्रशिक्षक हिनसेन्जोले त्यहीबाट खेलाडी छनोट गर्ने बताए।
एन्फाको गत फागुन १७ गते बसेको चौथो कार्यसमितिको बैठकले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।
नेपालले आगामी चैत ८ गतेदेखि १७ गतेसम्म घरेलु मैदानमा भुटान र लाओस् सम्मिलित प्रधानमन्त्री कप त्रिकोणात्मक सिरिज आयोजना गर्दैछ।
Shares
प्रतिक्रिया