प्रधानमन्त्री थ्री नेसन्स फुटबल प्रतियोगिताको उपाधि नेपालले घरमै राख्न सफल भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ भएको फाइनल भिडन्तमा लाओसलाई २-१ गोलले हराउँदै नेपालले उपाधि घरमै राख्न सफल भएको हो।
नेपाललाई जिताउने क्रममा मनिष डाँगी र आयुस घलानले एक एक गोल गरे। नेपाललाई जिताउते क्रममा पहिलो हाफको २४ औं मिनेटमा आयुष घलानले पहिलो गोल गरे।
त्यसपछि खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई उपाधि जिताउन सफल भए।
उपाधिसँगै नेपालले ५ हजार डलर प्राप्त गरेको छ। उपविजेता लाओसले ३ हजार डलर प्राप्त गरेको छ।
खेलको पहिलो हाफमा एक एक को बराबरी भएको खेलमा नेपालले दोस्रो हाफमा एक गोल थप्यो। नेपालको जितमा आयुष घलान र मनिष डाँगीले गोल गरे।
खेलको २२ औँ मिनेटमा नविन लामाको फ्रिकीकमा सनिस श्रेष्ठको प्रहार लाओसका गोलरक्षकले बचाउँदा नेपालले अग्रता बनाउने मौका गुमायो।
खेलको १७ औं मिनेटमा फ्हुत्हाभोङ्ग साङ्गभिलयेको गोलमा लाओसले घरेलु टोलीविरुद्ध सुरुवाती अग्रता बनाएको थियो।
तर खेलको २४ औं मिनेटमा आयुष घलानको गोलमा नेपालले बराबरी गोल फर्कायो। खेलको २६ औं मिनेटमा मनिष डाँगीको क्रसमा नविन लामाको पासमा आयुष घलानको प्रहार गोलरक्षकले बचाउँदा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमायो।
खेलको ५५ औं मिनेटमा मनिषको क्रिसमा दिपक र आयुषको तालमेल नमिल्दा नेपालले अग्रता दोब्बर पार्न सकेन।
६१ औं मिनेटमा नविन लामाको क्रसमा आयुष घलानको हेडर प्रहार खाली पोष्टको बार माथिबाट बाहिरियो।
६९ औ मिनेटमा निसान लिम्बुको फ्रिकीक सिधै बारमा लाग्दै बाहिरियो। ७४ मिनेटमा अञ्जन विष्टको प्रहार किपरले पञ्च गर्दै बचाए पनि
त्यसकै रिबाउण्डमा मनिषको प्रहारले पोष्टको जाली चुमेपनि त्यसले गोलको मान्यता पाएन।
खेलको ८७ औं मिनेटमा अञ्जनको पासमा मनिषले गोल गर्दै खेललाई २–१ को अग्रता दिलाए।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले उपाधि घरमै राखेको हो।
सबै तस्बिरहरु : सरोज नेपाल
Shares
प्रतिक्रिया