चर्च ब्वाइज युनाइटेड क्लबले मुख्य प्रशिक्षकका रुपमा बालगोपाल महर्जनलाई टोलीमा अनुबन्ध गरेको छ।
यसअघिका प्रशिक्षक प्रदीप हुमागाईंले पद छाडेपछि चर्च ब्वाइजले उनको स्थानमा महर्जनलाई ल्याएको हो।
यसअघि घरेलु फुटबलका सफल टोली थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबमा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका महर्जनले बुधबारदेखि नै टोली हेर्नेछन्।
केही समय राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिएका उनले राष्ट्रिय फुटबल टोलीलाई बंगबन्धु गोल्ड कप र पहिलो थ्री नेसन्स कपको उपाधि दिलाएका थिए।
लिगको ७ खेलमा चर्च ब्वाइज १३ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ।
36
Shares
प्रतिक्रिया