ad ad

खेल


एसीसी प्रिमियर कप : मलेसियाविरुद्ध नेपाललाई चौथो सफलता, ललितले लिए दुई विकेट

एसीसी प्रिमियर कप : मलेसियाविरुद्ध नेपाललाई चौथो सफलता, ललितले लिए दुई विकेट

फाइल तस्बिर


नेपालखबर
बैशाख ५, २०८० मंगलबार ११:४३, काठमाडौँ

 एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको उद्घाट खेलमा नेपालले मलेसियासँग खेलिरहेको छ। 

१० टोली सहभागी रहेको खेलमा नेपालले पहिला बलिङ गर्दै ताजा अवस्थामा चार विकेट लिएको छ।

टस जितेर मलेसियाले पहिले ब्याटिङ रोजेपछि बलिङमा गएको नेपाल सुरुमा विकेट लिन नसक्दा दबाबमा परेको थियो।

तर ताजा अवस्थामा नेपालले मलेसियका चार विकेट लिइसकेको छ। नेपालका लागि ललित राजवंशीले तथा गुलशन झा र सन्दीप लामिछानेले एक एक विकेट लिन सफल भएका हुन्। 

नेपालका लागि ललित राजवंशीले मलेसियका विजय युनीलाई १९ बलमा १२ रन बनाएको अवस्थामा कुशल मल्लबाट क्याच आउट गराए।

त्यसअघि उनैले वीरनदीप सिंहलाई ९४ बलमा ४६ रन बनाएको अवस्थामा सोमपाल कामीबाट क्याच गराएका थिए।

त्यसअघि गुलशनले मलेसियाका ओपनर मुहम्मद अमिरलाई १८ बलमा १७ रन बनाएको अवस्थामा दीपेन्द्रसिं ऐरबाट क्याच आउट गराएका थिए।

त्यसपछि ७६ रनमा पुगेका अहमद फैजलाई नेपाली स्पिनर सन्दीप लामिछानेले रोके। ९५ बलमा ७६ रन बनाएको अवस्थामा सन्दीपले फैजलाई आरिफ शेखको हातबाट क्याच आउट गराए।

ताजा अवस्थामा मलेसिया ४० ओभर ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १६७ रन बनाएर खेलिरहेको छ। 

नेपालले पछिल्लो पाँच खेलमा मलेसियाविरुद्ध पराजय भोग्नु परेको छैन। यसअघि मलेसिया र नेपाल सन् २०१८ मा एसिया कप छनोटमा भेट भएका थिए। 

त्यसबेला मलेसियालाई उसकै घरमा नेपालले १९ रनले पराजित गरेको थियो। अहिले नेपालमा भइरहेको एसीसी प्रिमियर लिगमा १० देश सहभागी छन्। 

सहभागीहरुलाई दुई समूहमा राखिएको छ। समूह 'ए' मा नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन्। 

उता समूह 'बी' मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएईलाई राखिएको छ। यी दुई समूहका शीर्ष दुई टिमबीच सेमिफाइनलमा भेट हुनेछ। 

फाइनलमा विजयी हुने राष्ट्र एसिया कपमा जाने छ। यो प्रतियोगिता यसै वर्ष सेप्टेम्बरमा हुने छ। समूहका शीर्ष तीनका टोली एसीसी ईमर्जिङ कपमा जाने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .