ad ad

राजनीति


चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति देउवा बुधबार तनहुँ जाने

चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति देउवा बुधबार तनहुँ जाने

फाइल तस्बिर


नेपालखबर
बैशाख ५, २०८० मंगलबार ११:४८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार तनहुँ जाने भएका छन्। उनी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनलक्षित चुनावी सभा सम्बोधनका लागि तनहुँ जाने भएका हुन्। 

कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले बुधबार सभापति देउवा तनहुँ आउने कार्यक्रम तय भएको पुष्टि गरे। उनका अनुसार देउवा डुम्रेमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न तनहुँ जान लागेका हुन्। 

जिल्ला सभापति आलेले डुम्रेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि तनहुँ आउने कार्यक्रम रहेको जानकारी दिए। 

सत्ता गठबन्धनले तनहुँ–१ मा पर्ने दमौलीमा मंगलबार (आज) संयुक्त चुनावी सभा गर्दैछ। नेपाली कांग्रेसको ब्यास नगरकार्यसमितिको आयोजनामा हुन गइरहेको चुनावी सभा दिउँसो १ बजे बाट सुरु हुने भएको छ। 

चुनावी सभालाई कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको नगर कार्यसमितिले जनाएको छ। 

तनहुँ–१ बाट विजयी प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी भएपछि उपनिर्वाचन हुन लागेको हो। 

उम्मेदवार गोविन्द भट्टराईविरुद्ध भर्खरै कांग्रेस छाडेका अर्थविद् डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि कांग्रेसका लागि तनहुँ–१ चुनौतीपूर्ण देखिएको छ।

यहाँ नेकपा एमालेले नेपाल प्रहरीका पूर्व आईजीपी सर्वोन्द्र खनाललाई अघि सारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .