ad ad

खेल


दृष्टिविहीन टी२० सिरिज : दोस्रो खेलमा नेपालको हार

दृष्टिविहीन टी२० सिरिज : दोस्रो खेलमा नेपालको हार

नेपालखबर
बैशाख १३, २०८० बुधबार १९:०, पोखरा

पोखरामा जारी नेपाल भारत द्विपक्षीय टी २० दृष्टिविहीन महिला क्रिकेटको दोस्रो खेलमा नेपालले हार व्यहोरेको छ। 

१७३ रनको लक्ष्य पाएको भारतले १४.३ ओभरमा १ विकेटको क्षतिमा ९ विकेटले पूरा गर्‍यो । 

भारतका लागि पुला र सिमु दासले उत्कृष्ट इनिङ खेलिन्। बी ३ दृष्टिविहीन पुलाले ६५ रन जोडिन्। 

बी १ दृष्टिविहीन सिमुले ६६ रनको योगदान दिइन्। बी २ गंगौभाले २२ रन जोडिन्। उनी रन आउट भएकी थिइन्। 

दृष्टिविहीन खेलाडीहरुले क्रिकेट बलमा रहेको ध्वनीको सहायताबाट खेल्छन्। क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ। 

जसमा बी १ खेलाडी अर्थात् पूर्ण दृष्टिविहीन, बी २ (मध्यम दृष्टि) र बी ३ (न्यून दृष्टि) भएका खेलाडी हुन्।

यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेटको क्षतिमा १७२ रनको योगफल तयार पारेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .