ad ad

खेल


कतारविरुद्ध चल्यो सन्दीपको ब्याट, तोडे आफ्नै सर्वाधिक रनको रेकर्ड

कतारविरुद्ध चल्यो सन्दीपको ब्याट, तोडे आफ्नै सर्वाधिक रनको रेकर्ड

ब्याटिङका क्रममा सन्दीप लामिछाने। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख १४, २०८० बिहिबार १२:६, काठमाडौँ

स्पिनर सन्दीप लमिछानेले एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा सर्वाधिक रन बनाउन सफल भएका छन्।

सन्दीपले बनाएको ४२ रन नै नेपालका लागि सर्वाधिक रह्यो। अन्तराष्ट्रिय कुनै पनि प्रतियोगिताको उच्च प्रर्दशन गरेका बनाएको यो नै सर्वाधिक रन हो।

यसअघि उनले फस्ट क्लास खेलमा एमसीसीविरुद्ध कीर्तिपुर मैदानमा ३९ रन बनाएका थिए।

उनले यससँगै एकदिवसीयतर्फ आफ्नै रेकर्ड तोडेका छन्। उनले यसअघि व्यक्तिगत ३५ रनको रेकर्ड बनाएका थिए। 

सन्दीपले यसअघि आइसीसी आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा अविजित रहँदै सर्वाधिक ३५ रन बनाएका थिए।

बिहीबार नेपालको ओपनिङ, टप अर्डर र मिडिल अर्डर पनि फ्लप भएको अवस्थामा अन्तिम नवौँ क्रममा आएका सन्दीपले नेपाललाई सम्हालिरहेका छन्।

नेपालकोतर्फबाट ब्याटिङ गर्दै सन्दीपले ताजा अवस्थामा ४९ बलको सामना गर्दै ३९ रन बनाइसकेका छन्।

यससँगै कतारविरुद्ध जारी खेलमा नेपालकोतर्फबाट सन्दीपले सर्वाधिक रन बनाएका हुन्। यसक्रममा उनले ६ चौका पनि हानिसकेका छन्। 

नेपालका लागि यसअघि कप्तान रोहित पौडेल ३६ बलमा २७ रन बनाउँदै आउट भएका थिए। त्यसपछि ओपनर आशिफ शेखको नाममा १९ रन थियो।

त्यसपछि नेपालको तर्फबाट दीपेन्द्र सिंह एरीले दोहोरो अंक पार गर्दै १२ रन बनाएका थिए। नेपालका अन्य ब्याटरहरु फ्लप सावित भए। 

ताजा अवस्थामा ३७ औँ ओभर चलिरहँदा नेपाल ९ विकेटको क्षतिमा ४९ रन बनाउँदै खेलिरहेको छ। अहिले सन्दीपसँगै ललित राजवंशी क्रिजमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .