ad ad

खेल


त्रिवि क्रिकेट मैदानमा वर्षा बाधक, आज खेल रोकिए कसरी हुन्छ छिनोफानो?

त्रिवि क्रिकेट मैदानमा वर्षा बाधक, आज खेल रोकिए कसरी हुन्छ छिनोफानो?

यूृएईको विकेट लिएपछि कप्तान रोहित पौडेलसँग ललित राजवंशी। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख १८, २०८० सोमबार १२:१३, काठमाडौँ

एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल वर्षाका कारण फेरि रोकिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको छ।

त्यसअघि नेपालमा ललित राजवंशीले २८ औं ओभरमा लगातार दुई विकेट लिँदै ओडीआइको पहिलो ह्याट्रिक नजिक पुगेका थिए।

ललितले २७.२ ओभरमा युएईका आशिफ खानलाई ४६ रनमा क्याच आउट गराए। आशिफले युएईका लागि सर्वाधिक ४६ रन बनाएका थिए।

५४ बलको सामना गरेका आशिफ खानले ७ चौका र १ छक्का हाने। २८ औं ओभरको तेस्रो बलमा ललितले जहुर खानलाई क्याच आउट गराए। 

त्यसअघि १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। आज वर्षाका कारण खेल हुन हुन नसके बाँकी खेल भोलि खेलाइनेछ। 

बाँकी खेल भोलि पनि हुन नसके सुपर ओभरमा पुग्नेछ। सुपर ओभर पनि हुन नसके नेपाल ओडीआई वरीयताको आधारमा एसिया कप पुग्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .