ad ad

खेल


ब्राइटनसँग पराजित भएपछि आर्सनलको उपाधि होडमा धक्का

ब्राइटनसँग पराजित भएपछि आर्सनलको उपाधि होडमा धक्का

नेपालखबर
जेठ १, २०८० सोमबार ११:४८, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा ब्राइटनसँग पराजित भएपछि आर्सनलको उपाधि होडमा धक्का लागेको छ। 

आइतबार राति घरेलु मैदानमा भएको खेलमा ब्राइटनसँग ३–० ले पराजित भएसँगै आर्सनलको उपाधि दाबेदारी फितलो बनेको हो।

हारसँगै आर्सनल दोस्रो स्थाननको म्यानचेष्टर सिटीसाग ४ अंकले पछि परेको छ। शीर्ष स्थानको सिटीको ३५ खेलबाट ८५ अंक छ। एक खेल बढी खेलेको आर्सनलको ३५ खेलबाट ८५ अंक छ। 

ब्राइटननका लागि जुलियो इनसिसो, डेनिज अन्डभ र पर्भिस इस्टुपिनानले गोल गरे। 

खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको आर्सनलले दोस्रो हाफमा ३ गोल पुग्यो। खेलको ५१औँ मिनेटमा जुलियो इनसिसोले गोल गर्दै ब्राइटनलाई १–० ले अग्रता दिलाए। ८६ औँ मिनेटमा डेनिज अन्डभले ब्राइटनको अग्रता दोब्बर पारे।

इन्ज्युरी समयको छैटौँ मिनेटमा पर्भिस इस्टुपिनानले गोल गर्दै ब्राइटनको ३–० को  जित पक्का गरे। 

जितसँगै ब्राइटन प्रिमियर लिगको शीर्ष ६ मा रहने सम्भावना बलियो बनाएको छ। छैटौँ स्थानमा रहेको ब्राइटनले ३४ खेलबाट ५८ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .