ad ad

खेल


एएफसी यू-२३ छनोटमा टोली नपठाएपछि विवादमा तानियो एन्फा

आलोचना छल्ने कोसिसमा पंकज र किरण
एएफसी यू-२३ छनोटमा टोली नपठाएपछि विवादमा तानियो एन्फा

नेपालखबर
जेठ ९, २०८० मंगलबार १४:१९, काठमाडौँ

पछिल्लो समय एकपछि अर्को विवादास्पद निर्णय गरिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) फेरि एक पटक विवाद र आलोचनामा परेको छ। 

घरेलु फुटबलको मेरुदण्ड मानिएको ए डिभिजन लिगको कमजोर व्यवस्थापन, आन्तरिक विवाद र अन्य कारण पनि विवादमा पर्दै आएको एन्फाले एएफसी यू-२३ एसिया कप छनोटमा टोली नपठाउने निर्णय गरेसँगै फेरि विवादमा परेको हो।

यसअघि एन्फाले छनोटमा नेपालले सभागिता नजनाउनेबारे आधिकारिक जानकारी गराएको थिएन। 

तर सोमबार एसियन फुटबल कन्फेडेरेसन (एएफसी) यू–२३ एसियन कप छनोटका लागि ४३ देशको नाम सार्वजनिक गरेसँगै नेपालले सहभागिता नजनाउने पक्का भएको हो। 

सन् २०२४ को अप्रिलदेखि मे ३ सम्म कतारमा हुने प्रतियोगिताका लागि नेपालले छनोटसमेत नखेल्ने भएको हो। छनोट खेल सेप्टेम्बर ४ देखि १२ सम्म हुँदैछ। 

‘अन्य प्रतियोगितामा सहभागी हुन महत्वपूर्ण देखिएकोले यसपटक यू २३ नखेल्ने निर्णय भएको हो’, एन्फा प्रवक्ता सुरेश शाहले भने, ‘भाग नलिनुमा अर्को कारण आर्थिक पनि हो।’ 

यसबारेमा थप बुझ्न एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राई पटक पटक फोन गर्दा पनि  सम्पर्कमा आउन चाहेनन्। 

विवादमा पर्दा एन्फा अनेक बहाना गरेर उम्कन प्रयास गर्दै आएको छ। पछिल्लो पटक यू-२३ को निर्णयमा पनि एन्फाको अर्को गैरजिम्मेवार व्यवहार देखिएको भन्दै आलोचना भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .